नेपालीको औषत आयु ७१.३ वर्ष पुग्यो

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार १७:२४

काठमाडौं । नेपालको कुल औषत आयु ७१ दशमलव ३ वर्ष पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसांख्यिक सूचक अनुसार, हाल नेपालको औषत आयु ७१ दशमलव ३ वर्ष पुगेको हो ।

जसमा पुरुषको औषत आयु ६८ दशमलव २ रहेको छ भने महिलाको ७३ दशमलव ८ वर्ष रहेको छ ।

पुरुष र महिलाको मृत्युको दुरी बढ्दै गएको छ । यो करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२ दशमलव ५ वर्ष मानिसहरू बाँच्दछन् ।

यस्तै, सबैभन्दा कम ६९ दशमलव ५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ ।

यसैगरी, कोशी प्रदेशमा ७० दशमलव ४, सुदूरपश्चिममा ७१ दशमलव ३, मधेस प्रदेशमा ७१ दशमलव ८, गण्डकी प्रदेशमा ७२ दशमलव १, बागमती प्रदेशमा ७२ दशमलव ४ रहेको छ ।