मामाघर नेपालमा खाद्यान्न तथा फलफूल सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई खाद्यान्न तथा फलफूल सहयोग भएको छ ।
मामाघर नेपाललाई नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनले खाद्यान्न तथा फलफूल सहयोग गरेको हो । कर्मचारी युनियनले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा उक्त खाद्यान्न तथा फलफूल सहयोग गरेको हो ।
कर्मचारी युनियन बागमती प्रदेश अन्तर्गतका मकवानपुर चितवनले स्थापना दिवसको अवसरमा एक कार्यक्रमबीच मामाघरलाई खाद्यान्न र फलफूल सहयोग गरेको हो ।
उक्त खाद्यान्न सामग्री कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष अभिषेक चौहान र बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठले संयुक्त रुपमा हस्तान्तर गरेका थिए ।
