बागमतीमा नेवाः/तामाङ भाषा सरकारी कामकाजको रुपमा लागू हुँदै
मकवानपु । बागमती प्रदेशमा यही वैशाख २४ गते सोमबारबाट नेपाल भाषा (नेवाः भाषा) र तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा लागू हुँदैछ ।
सो अवसरमा नेवाः द्वय दबु बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति, नेवा देय् दबु स्वनिगः विशेष प्रदेश समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
ती समितिले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो दिन संयुक्त रुपमा विविध कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।
जसअनुसार, सोमबार विहान ७ः ४५ बजे हेटौंडा बुद्धचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली हुने र सभा तथा नेवा सांस्कृतिक संग्रहालयको शिलान्यास गरिनेछ ।
यस्तै, सोही दिन बागमती प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
