डढेलोले वडा कार्यालयमा क्षति
मकवानपुर । डढेलोले मकवानपुरको थाहा नगरपालिकास्थित एक कार्यालयमा क्षति पुर्याएको छ ।
डढेलोले थाहा नगरपालिका–७ को वडा कार्यालयमा सामान्य क्षति पुर्याइएको हो ।
डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो ।
समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको जनाइएको छ ।
