बुधबार २७ सयले घट्यो सुनको भाउ
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, अघिल्लो दिनको तुलनामा आज सुन २ हजार ७ सय रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै आज सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । घिल्लो दिन प्रतितोला १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।
