हेटौंडाबाट लागूऔषधसहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडाबाट आइतबार चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा–१ चौकीटोलबाट लागूऔषध खैरो हेरोइन करिब १ ग्राम २०० मिलिग्रामसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका–६ घर भई हाल हेटौंडा–१, चौकीटोल बस्ने २२ वर्षीया अंजली घलान समेत ४ जना रहेका छन् । प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अंजलीको कोठा तलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
