मृत भेटिए १८ वर्षीय चौलागाईँ

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार १८:४३
सांकेतिक तस्वीर

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय निर्माण चौलागाईँ मृत अवस्थामा भेटिएका छन् ।

शनिवार अपराह्न बेपत्ता भएका चौलागाईँ आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार, वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने उनी बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ।

चौलागाईँ शनिवार पौडी खेल्न भनेर ६ जना साथीहरूसहित बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदी पुगेका थिए । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।

दैलेखको चामुण्डाबिन्द्रासैनी घर भएका उनी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्दथे । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।