राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।
डा. श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य संस्थानका पूर्व प्रमुख समेत हुन् ।
कम्पनीको सीईओकालागि ९ जनाले आवेदन दर्ता गराएका थिए ।