खोलामा डुबेर मकवानपुरका थापाको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलामा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७, बस्ने ३३ वर्षीय शेखर थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनको दिउँसो १ बजेको समयमा नुहाउने क्रममा मनहरी खोलामा डुबेर मृत्यु भएको हो ।
उनको शव मुचुल्का पश्चात पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
