मृत अवस्थामा भेटिए एक युवक

तु खबर संवाददाता
२०८१ बैशाख १२, बुधबार १०:०२
file-photo

जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा गएराति एक युवक मृत अवस्थामा भेटएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार, कुशियैत उक्त होटलको कोठा नं. २०४ मा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मंगलबार बेलुका ७ बजे युवक कोठा बुक गरेका उनी राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जनाइएको छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।