हेटौंडामा पालिकास्तरीय वार्षिक समीक्षा
मकवानपुर । मकवानपुरको हेटौंडामा पालिकास्तरीय त्रैमासिक तथा वार्षिक समीक्षा गरिएको छ ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक समीक्षा तथा पालिकास्तरीय वार्षिक समीक्षाको आयोजना गरेको हो ।
मंगलबार भएको उक्त कार्यक्रममा गत असोज १५ गतेदेखि चैत १७ गतेसम्मको कार्यविधिहरूको प्रस्तुतीकरण गरिएको संयोजक सुर्दशन दहालले जानकारी दिए ।
उनका अनुसार, प्राइभेट हेल्थ केयर डेलिभरी नेपाल कार्यक्रमले निजी स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय परिवार नियोजन सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कार्यक्रम अन्तर्गत प्रशिक्षण, अभिमुखीकरण, अनुगमन भ्रमण र समीक्षा कार्यक्रमहरू गरिएको उनले बताए ।
