स्वदेश फर्किए अर्थमन्त्री पुन

२०८१ बैशाख ८, शनिबार १७:००

काठमाडौं । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर शनिबार स्वदेश फर्किएका छन् ।
वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका गएका उनी स्वदेश फर्किएका हुन् ।
मन्त्री पुन चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।