थाहामा एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँच दिने कार्यशाला आयोजना गरिएको छ ।
थाहा नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले आयोजना गरेको उक्त एकीकृत पाठ्यक्रम कार्यशाला शुक्रबारबाट सुरु भएको हो ।
आधारभुत तह कक्षा १–३ मा अध्यापनरत् शिक्षकहरुको लागि संचालित कार्यशालामा अहिले परिवर्तन भएको पाठ्यक्रमका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।
कार्यशालाको प्रत्यक दिन विषयगत प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लले जानकारी दिए ।
यही वैशाख १० गतेसम्म पालुङ क्याम्पसको सभाहलमा संचालन हुने कार्यशालामा नगरभित्रका ६० जना विषयगत शिक्षकहरुको सहभागिता रहेको छ ।
