माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ८, शनिबार ०९:०७
सांकेतिक तस्वीर

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका–६ खैरेनी निवासी १४ वर्षका बालक युवराजदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, शुक्रबार दिउँसो बडीगाड खोलामा माछा मान गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।