जलिरहेको अवस्थामा युवतीको शव फेला

२०८१ बैशाख ६, बिहीबार १६:१४

जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा गएराति अन्दाजी २३ वर्षीया युवतीको शव जलिरहको अवस्थामा फेला परेको हो ।
उक्त शव महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
उक्त शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको जनाइएको छ ।