आज यी चार प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख ५, बुधबार ०८:५७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न चार प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।

साथै आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।