अटिजम सेन्टरलाई ट्रेम्पलिन सामग्री
हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४, हुप्राचौरस्थित अटिजम सेन्टरलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले अटिजम सेन्टरका लागि ५० हजार रुपैयाँ बराबरको ट्रेम्पलिन खेल सामाग्री वितरण गरेको हो । मंगलबार सेन्टरमा रहेका २४ जना विद्यार्थीका लागि आवश्यक विभिन्न प्रकारका खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त खेलकुद सामग्री रोटरी क्लब अफ मकवानपुर अध्यक्ष अन्जनीकुमार पराजुली र रोटरी क्लब अफ धुलिखेलका वर्ष २०१४–१५ का अध्यक्ष रन्जित श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सो क्रममा रोटरी क्लब अफ पशुपति काठमाडौंका निवर्तमान अध्यक्ष भुवन सिंह कुँवर, उधोग वाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष जिवनकाजी मकाजु, रोटरी क्लब अफ मकवानपुर ईलेक्टेड अध्यक्ष अनिल अग्रवाल, महासचिव मनोज ढोडारी, कोषाध्यक्ष पवन तिमल्सिना, रोटरियनहरु क्रमशः कमल मैनाली, शिवकुमार कार्की, अटिजम सेन्टरका संन्चालक उमा पौडेल, नीश्ला श्रेष्ठ लगायतको सहागिता रहेको थियो ।

