आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र २९, बिहीबार ०९:०२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भन्दै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

साथै आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।