ग्यास संघको भित्ते पात्रो विमोचन
मकवानपुर । मकवानपुर ग्यास व्यवसायी संघले नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो विमोचन गरेको छ । ग्यास संघले मंगलबार एक कार्यक्रमबीच उक्त भित्ते पात्रोको विमोचन गरेको हो ।
साथै सो क्रममा शुभकामना आदानप्रदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
कार्यक्रम मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष केशव मुडभरीको सभाध्यक्ष एवम् ग्याँस व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
ग्यास व्यवसायी संघका उपाध्यक्ष नवीन लामाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोद सिंह रानाभाट, राजु अधिकारी, होटल एशोसियसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी, साहारा ग्याँस इण्डष्ट्रिजका प्रबन्धक खड्ग थापा, डिलर एशोसियसन मकवानपुरका अध्यक्ष अमित श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
