यस्तो रहेछ आजको मौसम

तु खबर संवाददाता
२०८० चैत्र २८, बुधबार ०८:३०
file-photo

काठमाडौं । मौसम पूर्वानमाुन महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनुका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।