आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र २७, मंगलवार ०८:४६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।