विद्युतीय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी
मकवानपुर । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।
विद्युत प्राधिकरण केन्द्रको कार्यालय दोबाटोबाट सुरु गरिएको र्याली थानाबजार, दोबाटो लागायतका बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तरगतका कर्मचारीहरुको सहभागिता रहेको थिाये ।
नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष चैत्र २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।
