मकवानपुर प्रहरीद्वारा अवैध कुखुराका चल्ला नियन्त्रण
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट २०० वटा कुखुराको चल्ला नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
पुर्व–पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले उक्त कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ५८९६ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको पछाडि भागको सामान राख्ने डिक्किमा भेटनरी नभएको, वनलाईन बिल बिजक नभएको कुखुराको चल्लाहरु बरामद भएको हो ।
उक्त चल्लाहरु कानून बिपरितदेखिन आएको र ती चल्लाहरु पशु सेवा कार्यालय मकवानपुरमा बुझाई नष्ट गरिएको जनाइएको छ ।
