मनहरीका शिक्षकलाई दुई दिने शैक्षिक व्यवस्थापन तालिम

तु खबर संवाददाता
२०८० चैत्र २६, सोमबार ०९:५४

मकजानपुर । मकवानपुरको मनहरीमा दुई दिने शैक्षिक व्यवस्थापन तालिमको आयोजना गरिएको छ । तालिम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना गरिएको हो ।

पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शैक्षिक व्यवस्थापन सम्बन्धि शिक्षकका लागि सो तालिमको आयोजना गरिएको हो ।

आज सोमबार समापन हुने उक्त तालिमको आइतबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उद्घाटन गरेका थिए ।

मनहरी ३ नम्बर वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालको सभाध्यक्षता भएको तालिमको उद्घाटन कार्यक्रममा मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, शिक्षा तथा मानव स्रोत विकास महाशाखाका अधिकृत सुशील पौडेल, मनहरीका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, स्रोत शिक्षक विदुरविक्रम थापा, पशुपतिनाथ माविका अध्यक्ष माधव गौतम, प्रधानाध्यापक भानुभक्त आचार्य लगायतको आतिथ्यता रहेको थियो ।