बालबोध माविको अभिभावक भेला सम्पन्न
मकवानपुर । बालबोध माध्यमिक विद्यालयको ६७ औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
अभिभावक भेला हेटौंडा–१७ भुलभुलेस्थित विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासको योजना प्रस्तुत गरेका थिए ।
यस्तै, विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले दुवै प्रतिवेदन सर्वसम्मत पारित गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।
