उपनिर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

तु खबर संवाददाता
२०८० चैत्र २५, आईतवार ०८:४७

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने जनाएको छ ।

आयोगका अनुसार, आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

यस्तै, चैत्र २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिब गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने गरिनेछ ।

आगामी वैशाख १५, २०८१ मा उपनिर्वाचनको लागि मतदान हुनेछ । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो ।

उपनिर्वाचनको लागि इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा २० जना र बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १२ जनाको मनोनयनपत्र दर्ता भएको छ ।