मकवानपुरमा १०१ साना सिँचाइ योजना पूरा

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार ०९:२४

मकवानपुर । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएको छ ।

बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षको फागुनसम्ममा १०१ योजना सम्पन्न भएका जनाएको छ ।

डिभिजन कार्यालयका अनुसार, चालु आवमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेको मकवानपुरमा एक सय १ योजना पूरा भएको हो ।

सो योजना सम्पन्नको लागि रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये पूरा भएका योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए ।

सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक तथा अन्य १५ वटा योजना रहेका छन् ।