माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारी रहेकी छन् ।
मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
