आज ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
मकवानपुर । आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । हरेक वर्ष चैत्र २० गते मनाउने सहकारी दिवस आज मनाउन लागिएको हो ।
२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज सहकारी दिवस मनाउन लागिएको हो ।
सो दिवसको अवसरमा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिनेछ ।
देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको छ भने झण्डै ६० लाख सदस्य रहेको जनाइएको छ ।
सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।
