आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न दुई प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनुका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । साथै देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
