बागमतीमा जगन्नाथ थपलिया मन्त्री बन्दै, आजै शपथको तयारी
मकवानपुर । बागमती प्रदेश मन्त्रपिरषिद् विस्तारको तयारी गरिएको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आजै साँझ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
थपलियाले आजै शपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
बागमतीमा नयाँ गठबन्धनको सरकार बनेसँगै भटाभट मन्त्री नियुक्त गर्दैछ ।
यसअघि बिहीबार मात्रै हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेको थियो ।
