६७ औं सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सहकारी दिवस मूल समारोह समितिको आयोजना तथा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सम्पन्न भएको हो ।
सो दिवसको अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ विषयमा सरोकारवाला, सहकारी संस्थाका संचालक समितिका पदाधिकारी र कर्मचारीहरुबीच अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रम प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता एवम् संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सचिव हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको हो ।
हरेक वर्ष झैं यस बर्ष पनि “सहकारीमा सुशासन ः प्रविधि र एकीकरण” भन्ने नाराका साथ विविध कार्यक्रमसहित सहकारी दिवस सप्ताहब्यापी रुपमा मनाइँदै छ ।
