हेटौंडाको भुटनदेबी मन्दिरमा क्षमापूजा हुँदै

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार ०९:०७
file-photo

मकवानपुर । स्थानीय शक्तिपीठ भुटनदेवीमाता मन्दिरमा वार्षिक बिसासय पूजा (क्षमापूजा) शनिबार हुँदैछ । हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरको व्यवस्थापन समितिले क्षमापूजा तथा बलिपूजा गर्ने भएको हो ।

बिसासय पूजामा एक सय ८ वटा परेवा, एउटा कुखुरा, १५ वटा बोका, एउटा हाँस, एउटा राँगो, एउटा सुँगुर, एउटा पाठो गरी एक सय २८ वटा पशुबलि दिइन्छ ।

समस्त धर्मप्रेमी भक्तजनको सुख–शान्ति र समृद्धिका लागि प्रत्येक वर्ष चैत्र महिनाको शनिबार विसासय (क्षमा) पूजा हुने गरेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसुार, वर्षौंदेखि चल्दै आएको क्षमापूजामा हिन्दू र बौद्ध धर्मावलम्बी दुबैले पूजा गर्ने गरेका छन् ।