हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
उक्त पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचायले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।
उनले जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत्र ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको बताए ।
२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो ।
