मुख्य न्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार मुख्य न्यायधिवक्ताको कार्यालयको स्थापना दिवस मनाइएको छ ।
वि.सं. २०७४ चैत्र १२ गते यस कार्यालयको स्थापना भएको ७ वर्ष पूरा गरी ८ औं वर्षमा प्रवेश गरेको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा कार्यालयले स्थापना दिवस मनाएको हो ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
सो अवसरमा कार्यालयका सहयोगी अमृत बर्तौलालाई नगद रु ५ हजार रुपैँयासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेश मुख्य न्यायाधीवक्ता ज्ञानेन्द्र न्यौपाने, संस्थापक न्याधिवक्ता सुर्य चन्द्र न्यौपाने, उच्च अदालत बार एशोसियसनका अध्यक्ष अरुण कुमार खतिवडा, उच्च अदालत पाटन हेटौंडा इजलासका श्रेष्तेदार रामप्यारी सुनुवारलगायतको आतिथ्यता रहेको थियो ।
