पालुङ जेसीजद्वारा आयोजित प्रशिक्षण कार्यक्रम सम्पन्न
मकवानपुर । पालुङ जेसीजद्वारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्लाको थाहा नगरपालिका–३, स्थित जनकल्याण माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको लागि लक्ष्य निर्धारण सम्बन्धी एकदिने प्रशिक्षण दिइएको हो ।
माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी सीपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।
पालुङ जेसीज वर्ष २०२४ का तालिम आयुक्त अजित कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक एवम् पालुङ जेसीज वर्ष २००५ का अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
पालुङ जेसीज बर्ष २०२४ की सचिव रोशनी गोपालीले संचालन गरेको कार्यक्रममा पालुङ जेसीज बर्ष २०१९ का अध्यक्ष कुमार नेगीले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा ५८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष मानसिं दोङले स्वागत गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा पूर्व अध्यक्षहरु क्रमशः सुरेन्द्रमान प्रधान, मनोज रायमाझी, जयराम खत्री, निवर्तमान अध्यक्ष संगम कार्कीको आतिथ्यता रहेको थियो ।
