गण्डकी प्रदेशः दिपक मनाङेले लिए शपथ

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार १६:४३

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमबार मात्रै भौतिक पूर्वाधार मन्त्री बनेका उनले शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू अनुपस्थित थिए ।