मनकामना केबलकारको सेवा चैत ७ गते बन्द हुने

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार १६:००
file-photo

काठमाडौं । मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । नेपालको पहिलो केबलकारको रुपमा चिनिने उक्त केवलकार यही चैत ७ गते बुधबार बन्द हुने भएको हो ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले एक विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट भने नियमित रुपमा संचालमा रहने जनाइएको छ ।