रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार ०८:४९

मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् ।

उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अनुसार, जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् ।–एजेन्सी