सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०८० चैत्र ४, आईतवार १५:२३
file-photo

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार, गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार छापावाल सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । गत साताको शुक्रबारको तुलनामा चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलामा १ हजार ५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार चाँदीको १५ सय १५ रुपैयाँ कायम थियो ।