मकवानपुर रिकभरिङ समूहलाई सहयोग
मकवानपुर । लागूऔषध दुर्व्यसनीहरुको बिचमा काम गर्दै आएको संस्था मकवानपुर रिकभरिङ समूहलाई डाइनिङ टेबल र कुर्सी सहयोग प्राप्त भएको छ ।
समूहलाई हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले ३० हजार रुपैयाँ बराबरको डाइनिङ टेबल र कुर्सी सहयोग गरेको हो ।
वडाध्यक्ष जुना दाहाल र सचिव जीवन ढुङ्गेलले समूहको कार्यालयमा पुगेर समूहका महासचिव सन्दिप शाक्यलाई १६ थान कुर्सी र ४ थान डाइनिङ टेबल सहयोग गरेका हुन् ।
हाल मकवानपुर रिकभरिङ समूहमा ४९ जनाले सेवा लिइरहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका कार्यक्रम संयोजक उद्धव केसी, कोषध्यक्ष विनोदलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
