आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार ०८:५८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न ती प्रदेशको केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको जनाइएको छ ।