हेटौंडामा एक पुरुष मृत भेटिए

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार १८:१५
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा सोमबार बिहान एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, श्रेष्ठ आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागी हेटौंडा अस्पतालमा लगिएको छ ।

उनको के कारणले मृत्यु भएको भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको छ ।