छिमेकीको कुटपिटबाट पुरुषको मृत्यु, ५ जना पक्राउ
धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट सोमबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँ बस्ने ३५ वर्षीय महेश राना रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले रानाको मृत्यु भएपछि आवश्यक अनुसन्धानका साथै मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेका छन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
