दुर्घटनामा परेर घाइते ट्राफिकका सई खत्रीको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
खत्रीको उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, गत फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
प्रहरीले दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई पक्राउ गरी ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।
