बालबालिको निःशुल्क कान परीक्षण

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०९:२३

मकवानपुर । मकवानपुरको हेटौंडामा निःशुल्क कान परीक्षण शिविर संचालिन गरिएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविका बालबालिकाको लागि कानको निःशुल्क परीक्षण शिविर संचालन गरिएको हो ।

शिविर किवानिज क्लब अफ मकवानपुरले आयोजना गरेको हो । शिविरको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले उद्घाटन गरेका थिए ।

शिविर कार्यक्रम किवानिज क्लब मकवानपुरका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको हो । शिविरमा ३ सय भन्दा बढी बालबालिकाले कानको परीक्षण गराएका थिए ।

बालबालिकाले कक्षाकोठामा पठनपाठनमा ध्यान दिन नसक्नुको पछाडि कानको समस्या पनि हुनसक्ने र त्यो थाहा नभएका कारण समस्या बढ्दै जाने सम्भावना भएकोले समयमै परीक्षण गरी ढुक्क हुनुपर्ने शिबिरका सहभागीहरुले बताए ।

किवानिजले यसअघि मनहरीको पशुपतिनाथ माविमा पनि कान परीक्षणको शिविरको आयोजना गरेको थियो ।

शिविरमा हेटौंडा अस्पतालका इएनटी चिकित्सक ईक्लब ढुँगाना र ओमप्रकाश यादवले कान परीक्षण गरी आवश्यकता अनुसारको औषधि वितरण पनि गरिएको थियो ।

कार्यक्रम क्लबका कोषाध्यक्ष ईश्वर रिजालले सहजीकरण गरेका थिए ।