बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०९:१२

मकवानपुर । हेटौंडामा नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना गरिएको छ । म्यानको चौथो प्रादेशिक कार्यालयको रुपमा हेटौंडामा कार्यालय स्थापना गरिएको हो ।

उक्त प्रादेशिक कार्यालयको शनिबार एक कार्यक्रमबीच बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

सो क्रममा संघको बागमती प्रदेश तदर्थ समिति समेत गठन गरिएको छ । शुदर्सन प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

यस्तै, समितिको उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा नूररानी ढुङ्गेल प्याकुरेल रहेका छन् ।

यसैगरी, समिति सदस्यहरुमा क्रमशः विनोद शाह, प्रद्युम्न उपाध्याय, साग्रीला श्रेष्ठ, दिपक पराजुली, र रवी अग्रवाल रहेका छन् ।

नवगठित समितिलाई केन्द्रिय अध्यक्ष मोहनराज ओझाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

४३ वर्ष अघि गठन भएको यस संघमा विभिन्न क्षेत्रमा व्यवस्थापकीय, प्रशासकीय अनुभव सँगालेका व्यक्तित्व हरु आबद्ध रहेका छन् ।