आज मौसम मुख्यतया सफा रहने

तु खबर संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०९:०४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो ।

साथै आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ ।