हेटौंडा भेट्रान्सको फाइनल खेल आज हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन २६, शनिबार ०९:४३
file-photo

मकवानपुर । हेटौंडामा जारी नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल को फाइनल खेल आज हुँदैछ ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा ५, स्थित क्याम्पा रंगशालामा जारी प्रतियोगिताको फाइनल आज हुने भएको हो ।

आज दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिताको उपाधिको लागि किङ्गकम भेट्रान्स काठमाडौं र बानेश्वर फ्रेण्डसिप काठमाडौंंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता र उपविजेत टिमले क्रमशः एक लाख ११ हजार एक सय ११ रुपैयाँ र ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाएका थिए ।