मकवानपुरमा गुड्दै गरेको ट्रकमा आगलागी

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०८:५४

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ चौधमाईलमा बुधबार साँझ गुड्दै गरेको ट्रकमा आगलागी भएको छ ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ६१८ नम्बरको खाली ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त ट्रकमा तार सर्ट भएर अचानक आगलागी भएको प्रहरी नायव उपरीक्षक भण्डारी बताए ।

उनका अनुसार, दमकलको सहयोगमा सुरक्षाकर्मी सहितको टोलीले ट्रकमा लागेको आगो करिब ४० मिनेटपछि नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट मानविय क्षति भने नभएको उनले बताए । आगलागीबाट ट्रक पुर्ण रुपमा क्षति भएको उनले बताए ।